समानुपातिक बन्दसूची टुंग्याउन एमालेको सचिवालय बैठक भोलि

नेकपा एमालेले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फको बन्द सूचीबारे निर्णय गर्न सचिवालय बैठक डाँकेको छ। एमालेले आइतबार पार्टी मुख्यालय च्यासलमा ११ बजे बस्नेगरी सचिवालय बैठक आह्वान गरेको हो।

सो बैठकबाट समानुपातिक उम्मेदवारको बन्द सूचीबारे निर्णय हुने पार्टीस्रोतले जनाएको छ। कार्यतालिका अनुसार सोमबारसम्म निर्वाचन आयोगको कार्यालयमा बन्दसूची बुझाइसक्नुपर्नेछ।

बन्दसूचीबाहेक पार्टीका थप अन्य केही निर्णय हुने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.