नीति केन्द्रमा, विकास प्रदेशमा : मुख्यमन्त्री बानियाँ

बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले विकास निर्माणको स्पष्ट जिम्मेवारी प्रदेश सरकारलाई दिनुपर्ने बताएका छन्। संघीयता प्रभावकारी बनाउन संघ सरकारले नीति निर्माणमा केन्द्रित हुने र विकासका काम प्रदेशले गर्ने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।

आइतबार एक कार्यक्रमका बीच संघ, प्रदेश र स्थानीय सरकारबीचको अन्तरक्रियामा उनले यस्तो व्यवस्था भए संघीयता अझ बलियो बन्ने र जनमुखी विकास सम्भव हुने बताए। संविधान राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहेको भन्दै ती कमजोरी सुधार गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूले बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण ढिलाइ भएको र संघ तथा प्रदेशबाट अपेक्षित सहयोग नपाएको गुनासो गरे। उनीहरूले विपद् व्यवस्थापन र विकासमा तीनै तहबीच स्पष्ट भूमिका, स्रोत र समन्वय आवश्यक रहेको बताएका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.