हेटौँडामा माघ २८ गतेदेखि बृहत खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने

हेटौँडा। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा दोस्रो संस्करणको ‘बृहत खेलकुद कृषि पर्यटन तथा व्यापार महोत्सव–२०८२’ आयोजना हुने भएको छ। महोत्सव  माघ २८ गतेदेखि फागुन १२ गतेसम्म हेटौँडा–१० स्थित टिसिएस चौरमा सञ्चालन हुने आयोजकले जनाएको छ।
खेलकुद, कृषि, पर्यटन र व्यापारलाई एउटै थलोमा जोड्दै जिल्लाको समग्र आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवले खेलकुद पूर्वाधार विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन र उनीहरूलाई स्वदेशमै व्यावसायिक अवसर सिर्जना गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।
महोत्सवमा जिल्ला स्तरीय महिला तथा पुरुष भलिबल, ब्याडमिन्टन,  दौड प्रतियोगिता  लगायत विभिन्न खेलकुद गतिविधि सञ्चालन हुनेछन्। प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ।

त्यसैगरी महोत्सवमा स्थानीय कृषि उत्पादन, घरेलु तथा औद्योगिक वस्तुको प्रदर्शनी, व्यापारिक स्टल तथा विभिन्न जातजातिको संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्। हेटौँडा बजार विस्तारका क्रममा विस्थापित व्यवसायीलाई लक्षित गर्दै स्टल शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने आयोजकले जनाएको छ।
महोत्सवले खेलकुद, कृषि, पर्यटन र व्यापार क्षेत्रलाई एकीकृत गर्दै मकवानपुरको पहिचान र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा आयोजक समितिले गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.