प्रतिनिधिसभा निर्वाचन: समानुपातिक बन्दसूचीमा उम्मेदवारको नाम सार्वजनिक

निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलबाट पेश भएका समानुपातिक तर्फका तीन हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ ।

५७ वटा चुनाव चिह्नमा ६३ राजनीतिक दलबाट पेश भएका तीन हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ । बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने कुनै मतदाताले आजदेखि आउँदो १० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोध गर्न आयोगले आग्रह गरेको छ ।

दाबी विरोधका लागि निर्देशिकाबमोजिम निर्धारित ढाँचामा उजुरी गर्न सकिने पनि आयोगले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.