एमाले मकवानपुरद्वारा २,०२५ सदस्यीय विशाल निर्वाचन परिचालन समिति गठन

मकवानपुर । नेकपा एमाले मकवानपुरले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै २ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । जिल्ला कमिटीको बैठकले एमाले मकवानपुर ईञ्चार्ज तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामेश्वर रानाको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखी गठित समितिमा पार्टीका केन्द्रीय कमिटी सदस्यदेखि वडा तहसम्मका जिम्मेवार नेता तथा कार्यकर्ताको व्यापक सहभागिता रहेको छ । समितिमा केन्द्रीय तथा प्रदेश निकायका सदस्य, जिल्ला कमिटी, जिल्ला लेखा कमिटी, सल्लाहकार समिति, जेष्ठ कम्युनिष्ट मञ्च, पालिका तथा इलाका कमिटी, वडा कमिटी, निर्वाचित जनप्रतिनिधि, विभिन्न जनसंगठनका पदाधिकारी तथा स्ववियुमा निर्वाचित प्रतिनिधिहरू समेटिएका छन् ।

निर्वाचन परिचालन समितिको सचिवको जिम्मेवारी पार्टी जिल्ला उपाध्यक्ष हिदम लामालाई दिइएको छ । यस्तै, पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन अनुगमन समिति गठन गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा एकालाल श्रेष्ठ संयोजक, नवीन सिग्देल र कमल विष्ट सहसंयोजक तथा अनिल बानियाँ सचिव रहेका छन् भने निर्वाचन क्षेत्र नं. २ मा भारती पाठक संयोजक, बलराम बल र राजाराम स्याङ्तान सहसंयोजक तथा मेम्बर लोलाई सचिवको जिम्मेवारी दिइएको छ ।

यसैगरी, निर्वाचन प्रचार समिति संयोजकमा नवीन सिग्देल, घोषणा पत्र निर्माण समितिमा अनन्त पौडेल, आर्थिक व्यवस्थापन संयोजकमा गोपाल श्रेष्ठ, प्रशासनिक संयोजकमा हिदम लामा, जनसांस्कृतिक संयोजकमा देवराज रिमाल र प्रचार सामग्री व्यवस्थापन संयोजकमा सीता विष्टलाई जिम्मेवारी तोकिएको छ । कार्यालय सञ्चालन व्यवस्थापनको जिम्मा आरती पाठकलाई दिइएको छ भने भूगोल बाहिर रहेका मतदाता समन्वय समितिको संयोजकमा फूर्वादोर्जे लामा चयन भएका छन् ।

त्यसैगरी, कानुनी परामर्श संयोजक मदन दाहाल, प्रतिनिधिसभा उम्मेदवारका फोकल पर्सन क्षेत्र नं. १ मा दिलु घर्ती र क्षेत्र नं. २ मा आशिष अस्लामी रहेका छन् ।

बैठकले जिल्लाका १० वटा पालिका, २ इलाका कमिटी र १०२ वटै वडामा समेत निर्वाचन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तोकेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.