मकवानपुरबाट २ किलो अफिमसहित दुई युवक पक्राउ

मकवानपुर प्रहरीले लागूऔषध विरुद्धको अभियानअन्तर्गत २ किलो अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ गाउँपालिका–४ का २८ वर्षीय रबिन्द्र सिन्तान र ३६ वर्षीय रामबहादुर डिम्डुङलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले मिति २०८२ साल १० महिनाको २३ गते दिउँसो करिब १ः३० बजे प्राप्त विशेष सूचनाको आधारमा हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा चेकजाँच गरिरहेको थियो। सोही क्रममा ना.४५ प.६४१८ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनालाई शंकास्पद देखी रोकिएको प्रहरीले जनाएको छ।

रितपूर्वक गरिएको खानतलासीका क्रममा उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध अफिम जस्तो पदार्थ २ किलो फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो।

बरामद लागूऔषध र प्रयोगमा ल्याइएको मोटरसाइकल जफत गरिएको प्रहरीले जनाएको छ। हाल मकवानपुर जिल्ला अदालत, हेटौँडाबाट म्याद अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.