मतदान केन्द्रमा प्राथमिक उपचार व्यवस्था गर्न आयोगको आग्रह

आगामी फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग ले मतदान केन्द्रहरूमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। मतदानका क्रममा हुन सक्ने सामान्य स्वास्थ्य समस्या वा आकस्मिक घटनालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गर्न लागिएको हो।

आयोगले मतदानमा खटिने कर्मचारी, सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, अशक्त तथा अन्य मतदातालाई आवश्यक परेमा तत्काल उपचार उपलब्ध गराउने गरी तयारी मिलाउन आग्रह गरेको छ। यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहलाई समन्वय गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।

त्यसैगरी, देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा डाक्टर, स्वास्थ्यकर्मी र आवश्यक औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाई पनि अनुरोध गरिएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार निर्वाचन अवधिभर सम्भावित दुर्घटना वा आकस्मिक घटनालाई ध्यानमा राख्दै मातहतका निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.