राप्रपाबाट मकवानपुर–१ का उम्मेदवार दीपक बहादुर सिंहको घरदैलो तीब्र, दोस्रो पटक जित्ने दाउमा

मकवानपुर ।  राष्टिय प्रजातान्त्रिक पार्टी (राप्रपा) बाट मकवानपुर क्षेत्र नं। १ का उम्मेदवार दीपक बहादुर सिंह ले निर्वाचनको तयारी अन्तर्गत घरदैलो अभियान तीव्र पारेका छन्।

सिंह यस निर्वाचनमा दोस्रो पटक जित निकाल्ने दाउमा छन्। यसअघि पनि उनले सोही क्षेत्रमा सफलता हासिल गरिसकेका हुन्, जसले उनलाई स्थानीय मतदाताबीच परिचित  नेता बनाएको छ।

उनको घरदैलो अभियानले मतदातासँग प्रत्यक्ष संवाद गर्ने मौका दिएको र स्थानीय समस्या बुझ्न सहयोग गरेको बताइएको छ। उम्मेदवार सिंहले शिक्षा, स्वास्थ्य, पूर्वाधार र स्थानीय रोजगारीको मुद्दामा आफ्नो प्रतिबद्धता मतदातासामु राख्दै आएको राप्रपा जिल्ला सचिव भृगु कार्कीले बताए।
राजनीतिक विश्लेषकहरूका अनुसार मकवानपुर–१ मा सिंहको अनुभव र पहिलाको जीतले उनलाई नयाँ चुनौतीहरूका बाबजुद पनि बलियो प्रतिस्पर्धी  बनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.