फागुन २१ को निर्वाचनका लागि मकवानपुरमा मतदान सामग्री हस्तान्तरण सुरु

हेटौंडा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। आज मकवानपुरका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई मतपेटिका सहित आवश्यक निर्वाचन सामग्री हस्तान्तरण गरिँदैछ।

निर्वाचन आयोग नेपाल अन्तर्गतका मकवानपुरका दुई निर्वाचन अधिकृत कार्यालयले मतदानका दिन प्रयोग हुने सम्पूर्ण सामग्री सम्बन्धित अधिकारीहरूलाई जिम्मा लगाउने कार्यक्रम तय गरेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि प्रसाद ढकालले जानकारी दिए।

मतपेटिका, मतपत्र, छाप, फाराम तथा स्टेशनरीलगायत सामग्री व्यवस्थित रूपमा तयारी गरी हस्तान्तरण गरिनेछ। निर्वाचन तालिकाअनुसार कर्मचारीहरू भोलिसम्म आ–आफ्ना मतदान केन्द्रमा पुगिसक्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.