मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) ले अग्रता लिएको छ। मनहरी–९ बाट सुरु गरिएको मतगणनामा हालसम्म २ हजार १९१ मत गणना गरिएको छ।
प्राप्त परिणामअनुसार घण्टी चुनाव चिन्हले १ हजार १४३ मत प्राप्त गरेको छ। त्यस्तै नेकपा एमालेले २९७ मत पाएको छ भने नेपाली कांग्रेसले २७६ मत प्राप्त गरेको छ। यस्तै तारा चुनाव चिन्हले १८२ मत ल्याएको छ।
मतगणना जारी रहेकाले आगामी परिणामसँगै मतअन्तरमा परिवर्तन हुन सक्ने बताइएको छ।
प्रतिकृया दिनुहोस्






















































