चितवन मेडिकल कलेज सिएमसीको नयाँ योजना : काठमाडौं र हेटौँडामा अत्याधुनिक अस्पताल बन्ने

चितवन मेडिकल कलेज ले स्वास्थ्य सेवा विस्तारलाई तीव्रता दिँदै काठमाडौं र हेटौँडामा नयाँ अस्पताल सञ्चालन गर्ने भएको छ। कलेजले राजधानीको तीनकुने मा बहुविशेषज्ञ सेवा सहितको अस्पताल सञ्चालनको तयारी पूरा गरेको छ भने हेटौँडा मा नयाँ परियोजना अघि बढाएको हो।

कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक हरिश्चन्द्र न्यौपाने ले काठमाडौंमा निर्माण भइरहेको अस्पताल आगामी दशैँदेखि सञ्चालनमा ल्याइने जानकारी दिए। १२ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको अस्पतालमा क्यान्सर उपचारसहित विभिन्न अति–विशिष्ट सेवा उपलब्ध हुनेछन्।

तीन सय श्ययाको अस्पताल अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय स्तरको सेवासहित सञ्चालन गरिने बताइएको छ। अस्पताल व्यवस्थापनमा भारतको Medanta Hospital को सहकार्य रहने जनाइएको छ।

यसैबीच, हेटौँडा उपमहानगरपालिका–४ मा सिएमसी हेटौँडा अस्पताल निर्माण सुरु गरिएको छ। करिब २ अर्ब ५० करोड रुपैयाँ लागतमा बन्ने अस्पताल १०० श्ययाको हुनेछ।

अस्पतालका अध्यक्ष प्रताप देवकोटा ले अस्पताल सञ्चालनपछि मकवानपुरसहित आसपासका जिल्लाका बिरामीलाई विशेषज्ञ उपचारका लागि काठमाडौं वा भारत जानुपर्ने अवस्था कम हुने बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.