सरकारी कार्यालयमा सोमबारदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु हुने

सरकारले आगामी सोमबारदेखि जेठ १ गतेसम्म देशभरका संघ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन २०८३ जारी गर्दै सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण विकास गर्ने उद्देश्यसहित अभियान सुरु गर्न लागिएको जनाएको छ । कार्यालयका शाखा अधिकृत सुवर्ण बज्राचार्यका अनुसार सरसफाइसम्बन्धी व्यवहारिक संस्कार विकास गर्न सबै तहका निकायलाई आवश्यक पत्राचारसमेत गरिसकिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय को समन्वयमा सोमबार बिहान ८ः३० बजे वीर अस्पताल बाट सप्ताहको औपचारिक शुभारम्भ गरिने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी का अनुसार सोही समयमा देशभरका अस्पतालहरूमा पनि सरसफाइ अभियान सुरु हुनेछ ।

सप्ताहअन्तर्गत कार्यालय सरसफाइ, शौचालय तथा स्वच्छता, शैक्षिक संस्था र सार्वजनिकस्थलको सफाइ, क्यान्टिन तथा भान्साघरको स्वच्छता, फोहर व्यवस्थापन, सेवाग्राही अनुभव तथा संस्थागत दिगोपनजस्ता सूचकलाई अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले अभियानमार्फत सार्वजनिक निकायमा सरसफाइ संस्कृतिको विकास र नागरिकलाई स्वच्छ वातावरण उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.