कोशी, बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ — देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकासहित धेरै स्थानमा पछिल्लो १२ घण्टादेखि लगातार पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सबैभन्दा धेरै वर्षा गण्डकी प्रदेशमा मापन गरिएको छ । गण्डकीको रातोपानी केन्द्रमा ९८ मिलिमिटर वर्षा भएको छ भने लुम्ले, लामापाटन र दम्कौलीलगायत क्षेत्रमा ५० मिलिमिटरभन्दा बढी पानी परेको छ ।

गए रातिदेखि गण्डकीसँगै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि वर्षा भएको छ । मौसमविद्का अनुसार आगामी केही दिनसम्म देशका विभिन्न स्थानमा बदली, वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना कायमै रहनेछ ।

आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बढी सक्रिय हुने अनुमान गरिएको छ । ती क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । अन्य प्रदेशका पहाडी तथा हिमाली भागमा पनि आंशिकदेखि सामान्य वर्षाको सम्भावना रहेको छ ।

आज रातिदेखि कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना अझ बढ्ने देखिएको छ । मौसमविद्ले मेघगर्जन, चट्याङ, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.