हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरी टोलीले मंगलबार राति करिब १ः५० बजे हेटौंडा उपमहानगरपालिका–१० स्थित सडकखण्डबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–३ घर भई हाल हेटौंडा–४ मा डेरा गरी बस्ने २३ वर्षीय रोहन कुशवार र सुनसरीको इटहरी उपमहानगरपालिका–१० घर भई हाल हेटौंडा–४ मा बस्दै आएकी २४ वर्षीया सुमित्रा राई रहेका छन्।
प्रहरीका अनुसार शंकास्पद रुपमा पैदल हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा रोहन कुशवारको साथबाट १४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो।
बरामद गरिएको पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध कसुर मुद्दामा मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्















