निर्मल माविले सार्वजनिक गर्‍यो कक्षा ११ को नतिजा

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विद्यालयले वैशाख १७ गतेदेखि २४ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो ।

विद्यालयका प्रधानाध्यापक प्रवोध बिडारीका अनुसार परीक्षामा सहभागी १४२ जना विद्यार्थীমध्ये १२३ जना ग्रेडेड भएका छन् । विद्यालयमा शिक्षा, कम्प्युटर साइन्स, व्यवस्थापन, मानविकी तथा कानुन संकायमा पठनपाठन हुँदै आएको छ ।

प्रधानाध्यापक बिडारीले कक्षा १२ को पठनपाठन जेठ १ गते शुक्रबारदेखि सञ्चालन हुने जानकारी दिनुभयो ।

यसैबीच, विद्यालयबाट सहभागी विद्यार्थीहरूको एसईई नतिजामा पनि अघिल्लो वर्षको तुलनामा सुधार आएको जनाइएको छ । नियमिततर्फ ८५ जना विद्यार्थी सहभागी भएकोमा ३१ जना ग्रेडेड भएका छन् भने ग्रेड वृद्धितर्फ २७ जना विद्यार्थी ग्रेडेड भएका छन् ।

विद्यालयका अनुसार २०८१ सालमा ९२ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा २५ जना मात्रै ग्रेडेड भएका थिए । आगामी दिनमा नतिजा थप सुधार गर्न विद्यालयले विशेष सुधार योजना बनाएर अघि बढ्ने प्रधानाध्यापक बिडारीले बताउनुभयो ।

हाल विद्यालयमा कक्षा १० मा १०२ जना विद्यार्थी अध्ययनरत रहेका छन् । कक्षा १२ को वार्षिक परीक्षामा यस वर्ष ८२ जना विद्यार्थी सहभागी भएका छन् । गत वर्ष कक्षा १२ मा विद्यालयको ग्रेडेड प्रतिशत ५३ रहेको विद्यालयले जनाएको छ ।

१२ कक्षासम्म अध्ययन हुने उक्त विद्यालयमा हाल करिब १ हजार ३ सय विद्यार्थी अध्ययनरत रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.