मकवानपुरमा व्यावसायिक स्याउ खेती, अवलोकन गर्न पुगे मेयर लामादेखि मुख्यमन्त्री बानियाँसम्म

हेटौंडा । हिमाली तथा उच्च पहाडी क्षेत्रमा मात्रै सम्भव मानिने स्याउ खेती अहिले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, सानोसुकौलीमा सफल रूपमा व्यावसायिक रूपमा सञ्चालन भइरहेको छ। जिल्लामै पहिलो पटक सुरु गरिएको यो स्याउ खेतीले किसान मात्र होइन, जनप्रतिनिधि र राजनीतिक नेतृत्वको समेत ध्यान आकर्षित गरेको छ।

स्थानीय किसान ईश्वर छत्कुलीले करिब चार वर्षअघि सुरु गरेको स्याउ बगैंचामा हाल १५३ वटा स्याउका रुख छन्। करिब १ करोड रुपैयाँ लगानीमा सञ्चालन भइरहेको फार्ममा २ हजारभन्दा बढी स्याउका बिरुवा उत्पादन गरिएका छन्। ती बिरुवा प्रतिगोटा ५०० रुपैयाँका दरले बिक्री हुँदै आएका छन्।

स्याउ खेतीसँगै फार्ममा कागती, निबुवा, मेवा, आँप, अनार लगायतका विभिन्न फलफूलको खेती गरिएको छ। साथै मौरीपालन, माछापालन र होमस्टे सञ्चालन गरी कृषि, पशुपालन र कृषि पर्यटनलाई एकैसाथ अघि बढाइएको उनले बताए।

फार्मको सफलतापछि यसको अवलोकन गर्न विभिन्न समयमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ लगायत विभिन्न जनप्रतिनिधि, सरकारी अधिकारी, कृषि प्राविधिक तथा कृषकहरू पुगेका छन्। उनीहरूले मकवानपुरमा स्याउ खेतीको सम्भावना र किसानको नवीन प्रयासको प्रशंसा गरेका छन्।

मकवानपुरको हेटौडामा स्याउको पनि व्यावसायिक उत्पादन सुरू भएसङ्गै विभिन्न क्षेत्रका ब्यक्तिहरु पुग्ने गरेका छन। हेटौडा– १५ सानोसुकौली स्यामा बाटिका एकिकृत कृषि तथा पशुपंक्षी फर्ममाका कृषि उद्यमीहरूले व्यावसायिक रूपमा स्याउ उत्पादन सुरू गर्नु भएको हो ।

परम्परागत खेतीभन्दा फरक सोचका साथ सुरु गरिएको यो फार्मले मकवानपुरमा स्याउ खेती सम्भव रहेको सन्देश दिएको छ। बहुआयामिक कृषि प्रणाली अपनाउँदै किसान छत्कुलीले उत्पादनसँगै कृषि पर्यटनलाई पनि जोडेकाले यो फार्म जिल्लाकै नमुना कृषि गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.