हेटौंडा । उद्योग संघ हेटौंडामा आवद्ध उद्योगका कामदार र कर्मचारीका लागि आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ।
उद्योग संघ हेटौंडाको आयोजना र हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार भएको कार्यक्रममा ११६ जनाको आँखा जाँच गरिएको हो। परीक्षणमा सहभागीमध्ये एक जनामा मोतिविन्दु देखिएको र थप १० जनालाई अन्य समस्या भएकाले हेटौंडा सामुदायिक आँखा अस्पतालमा उपचारका लागि सिफारिस गरिएको आयोजकले जनाएको छ। मोतिविन्दु देखिएका कामदारलाई शल्यक्रियाका लागि अस्पतालमा बोलाइएको छ।

परीक्षणमा सहभागीलाई आवश्यक औषधि निशुल्क वितरण गरिएको थियो। कार्यक्रममा हेटौंडा इन्जिनियरिङ, यती पेन्ट्स, सीई हाईड्रो, हेटौंडा फेब्रिकेशन, सामुराई स्टील, क्रिस्टल प्रोडक्टलगायतका उद्योगका कामदार–कर्मचारीले आँखा जाँच गराएका थिए।
प्रतिकृया दिनुहोस्























































