हेटौँडा । नेपाल बायोग्याँस बागमती प्रदेशको अध्यक्षमा दिनेश अधिकारी सर्वसम्मत चयन भएका छन् । भदौ ६ गते शुक्रबार भएको संघको बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनबाट अध्यक्षमा अधिकारी सर्वसम्मत चयन भएका हुन् ।
समितिकाे उपाध्यक्ष मोहन प्रसाद पराजुली, सचिव हरि प्रसाद अर्याल , कोषाध्यक्ष कृष्ण कुमार क्षेष्ठ, सदस्यहरुमा सानुकान्छा दोङ, मनिष सिटौला, रुपजन क्षेष्ठ चयन भएका छन् ।
संघका बागमती प्रदेश अध्यक्ष दिनेश अधिकारीको सभाध्यक्षमा भएको कार्यक्रममा केन्दिय अध्यक्ष उपेन्द्र रिमालको प्रमुख आतिथ्यता रहेकाे थियाे । त्यस्तै संघका सल्लाहकार ऋषवराज आचार्य, केन्द्रिय उपाध्यक्ष एबा थापा लगायतकाे आतिथ्यता रहेको थियो ।
प्रतिकृया दिनुहोस्























































