हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ मा युवा क्लब गठन गरिएकाे छ। शनिबार भएको भेलाले मनहरी २ मा भुन्द्रुङ टाँडी समर्पित उज्यालो पुस्ता (युवा क्लब) गठन भएकाे हो।
कर्म लाल स्याङ्तानको अध्यक्षतमा ११ सदस्यीय समिति गठन भएकाे हाे । क्लवकाे उपाध्यक्ष विजय गोले, सचिव धन बहादुर स्याङ्तान, कोषाध्यक्ष पुर्णिामा बल र सहसचिव चमेली माया थिङ चयन भएका छन् । क्लवका सदस्यहरुमा कान्छाराम गोले, सदिक्षा स्याङ्बो, कान्छीमाया मोक्तान, कर्साङ घलान, सुकराज लो, रबिन्द्र डिम्डुङ चयन भएका छन् ।
‘हाम्रो गाउँ, हाम्रो गौरव, हाम्रो हातमा विकास, एकता र विकासका लागी हाम्रो अभियान’ भन्ने मुल नाराका साथ युवाहरुले युवा क्लब गठन गरेको युवाहरुले बताए । गाउँमा हरेक किसिमले विकास र उज्यालो गाउँ बनाउन अबका दिनहरुमा आफुहरु लागिपर्ने युवाहरुले बताए ।
टोल विकास सँस्थको अध्यक्ष शिबालाल घलानको अध्यक्षमा भएको कार्यक्रममा मनहरी २ का अध्यक्ष राजकुमार पाख्रिन प्रमुख अतिथिमा भएको थियो । युवाहरु गाउँको लागि एकजुट भएर लागिरहेको देख्दा निकै खुशी लागिरहेको र आफ्नो तर्फबाट गर्न सकिने कामहरु गर्न सधैँ तयार रहने समेत बताए । युवाहरुमा यस्तो जोस जागरण देख्दा निकै खुशी लागिरहेको बताए ।
कार्यक्रममा मनहरी २ का खेलकुद विकास समिति संयोजक तथा वडा सदस्य सुक्राम मुक्तान, मनहरी २ का समाजसेवी अर्जुन घलान, चन्द्रबहादुर स्याङतान लगायतको उपस्तिथि रहेको थियो ।























































