रास्वपाले मतदानमा सहभागी गराउन अन्तर्राष्ट्रिय रूपमै अभियान सञ्चालन गर्ने

मकवानपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मतदाता नामावली दर्ताको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । जेनजी पुस्ताका धेरै नागरिकहरू मतदाता नामावलीमा सूचीकृत नभएको अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको प्रवक्ता मनिष झाले बताए ।

गत भदौ २३ र २४ गते जेनजीहरुको आन्दोलनपछिको संवेदनशील विषयलाई केन्द्रमा राख्दै “सद्भाव तथा सहकार्य अभियान” प्रारम्भ गर्ने निर्णय समेत बैठकले गरेको छ । समाज थप विभाजित नहोस् भन्ने उद्देश्यले उक्त अभियान प्रारम्भ गर्ने निर्णय गरेको हो ।

पार्टीले स्थापनाकालदेखि नै उठाउँदै आएको विशेष एजेन्डा र बाचापत्रको प्रमुख मुद्दा “विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकार” प्रति वर्तमान सरकारले देखाएको चासोलाई स्वागत समेत गरेको रास्वपाले जनाएको छ । ।

 

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.