मकवानपुर । मकवानपुरको भीमफेदी कारागारबाट भागेका ५७ जना कैदीबन्दी फर्किएका छन् । जेनजी आन्दोलनको मौका छोप्दै पर्खाल भत्काएर भागेका आफै फर्किएको बताएका हुन ।
सुरक्षा निकायले केही पक्राउ पर्दै आएका छन् भने ५७ जना कैदीबन्दी आफैं सम्पर्कमा आएको कारागार प्रमुख सुवास पौडेलले जानकारी दिएका छन। भदौ २४ कारागारको ‘क’ र ‘ख’ गरी दुई वटै ब्लकमा राखिएकामध्ये ४४० जना कैदीबन्दी भागेका थिए ।
कारागार प्रशासनले दिएको जानकारीअनुसार आज शुक्रबार साँझ ७ बजेसम्म नेपाली सेना, जनपथ र सशस्त्र प्रहरीको सहयोगमा हालसम्म भीमफेदी कारागारका १८६ जना कैदीबन्दी कारागारको नियन्त्रणमा आइसकेको प्रमुख पौडेलले बताए । कुल १ हजार ६६ जना कैदीबन्दी राखिएको कारागारमा हाल ८६१ जना मात्रै रहेका छन् ।
प्रतिकृया दिनुहोस्























































