हेटौंडाका तीन महिनाको बालकको उपचारमा परिवारले सहयोगको अपिल

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ स्थित सिमलटार निवासी विजय स्याङ्तान र सपना स्याङ्तानको तीन महिनाको नाबालक छोरा केही समयदेखि भरतपुर सीएमसी अस्पतालमा उपचाररत छन्। बालकलाई बेला–बेला मुर्छित हुने समस्या देखिएपछि सुरुमा हेटौंडा अस्पताल लगिएको थियो। तर, थप उपचार आवश्यक भएपछि उनलाई भरतपुर सीएमसी अस्पतालमा रिफर गरिएको हो।

पारिवारिक स्रोतका अनुसार बालकलाई शरीरमा सेतो रगत बढी भएको कारण स्वास्थ्य अवस्था थप जटिल भएको छ। अस्पताल स्रोतले बालकको अवस्था नाजुक भएको बताउँदै भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने सल्लाह दिएको परिवारले जानकारी दिएको छ।

बालकका पिता विजय स्याङ्तानले भने, “छोराको उपचारमा अहिलेसम्म दुई लाख रुपैयाँ खर्च भइसकेको छ, र दिनमा करिब बीस हजार रुपैयाँ खर्च भइरहेको छ। म सामान्य ट्याक्टर चालक हुँ, ट्याक्टर चलेको दिन मात्रै आम्दानी हुन्छ।”

स्याङ्तान परिवारसँग ८ वर्षीया छोरी पनि छ। आर्थिक अवस्था कमजोर भएकाले नाबालक छोराको उपचारका लागि परिवारले सबैसँग सहयोगको याचना गरेका छन्। आर्थिक सहयोग गर्न इच्छुकले विजय स्याङ्तानको मोबाइल नम्बर 9701413191 मा सम्पर्क गर्न सक्ने र क्यूआर कोड मार्फत पनि सहयोग गर्न सकिने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.