मनहरी । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ भुन्द्रुङ्टाँडीमा श्री सीता माध्यमिक विद्यालयले शुभकामना आदानप्रदान कार्यक्रम सँगै सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । सीता माविले कार्यक्रमको आयोजना गरि समापन सँगै दशैको विदा दिएको छ ।
बिहीवार भएको सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्य प्रतियोगितामा जुना ब्लोन र रचना बुलुनको टिम प्रथम, प्रतिक्षा गोले, प्रज्वल थिङ, वशन्ती घलान, सरिता थिङ र सुस्मिता बुलुनको टिम द्वितीय, नविना, कविता र सुदिक्षाको टिम तृतीय भएको हो भने रोहिसा मुक्तान र अनिता मुक्तानको टिमले सान्त्वना स्थान हासिल गरेको छ ।


विजेता टिमलाई प्रथम पुरस्कार रु। २०००, द्वितीय पुरस्कार रु। १५००, तृतीय पुरस्कार रु। १००० र सान्त्वना पुरस्कार रु। ५०० सहित प्रमाणपत्र वितरण गरिएको छ । पुरस्कार व्यवस्थापनमा सहजीकरणका साथै बालबालिकामा लगानी गर्ने उद्देश्यका साथ विद्यार्थी संगठन अखिल ९समाजवादी० मकवानपुरका इन्चार्ज तथा समाजसेवी सुर्य बहादुर गोलेले रु। १५०० र भुन्द्रुङ टाँडी समर्पित उज्यालो पुस्ताले रु। १५०० सहयोग हस्तान्तरण गरेको छ ।
आउँदै गरेको चाडपर्व दशै, तिहार र छठको पावन अवसरमा आयोजित शुभकामना तथा सांस्कृतिक कार्यक्रम मनहरी(२ का वडाध्यक्ष राजकुमार पाख्रीनको प्रमुख आतिथ्यता रहेको छ । कार्यक्रममा राजकुमार पाख्रीन, विद्यालयका प्रधानाध्यापक विशाल घलान, पूर्व विद्यार्थी सुर्य बहादुर गोले लगायतले शुभकामना व्यक्त गरेका छन् ।
























































