जेन–जी आन्दोलन प्रकरण : पूर्वप्रधानमन्त्री ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ। जेन–जी आन्दोलन दमनसम्बन्धी जाँचबुझ आयोगको सिफारिसमा उनीहरूलाई विदेश जान रोक लगाइएको हो।

गृह मन्त्रालयले उनीहरूलाई अनुमति बिना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको छ। पासपोर्ट रोक्का सूचीमा पर्नेहरूमा तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन्।

गत २३ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा प्रहरीले घातक हतियार प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो। त्यतिबेला ओलीले आफूले प्रहरीलाई गोली चलाउन निर्देशन नदिएको दाबी गरेका थिए। तर गृह मन्त्रालयले भने ‘जसरी पनि भीडलाई संघीय संसद भवनतिर जान रोक्नु’ भन्ने निर्देशन दिएको थियो। त्यसपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले गोली चलाउन आदेश दिएका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.