आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज देशभर साधरणतया बदली रहेको छ। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपात र केही स्थानमा भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जानकारी दिएका छन ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा अधिकांश बदली रहने र तराई भूभागमा साधरणतया बदली रहने छ ।

कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको महाशाखाकाले जानकारी दिएका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.