हेटौंडामा भेटियो ‘कालोपानी’ : रोगको जोखिममा बस्ती

हेटौंडा। मकवानपुरको हेटौंडामा देखिएको कालोपानीका कारण बस्ती रोगको जोखिममा  परेको छ।  विकासका ठूला–ठूला नाराले भरिएको नगरको बीचमा आज पनि एउटा नाली १ वर्षदेखि अलपत्र छोडिएको छ, जसबाट बग्ने कालोपानीले सम्पूर्ण टोललाई सास्ती दिएको छ। सडकभरि गन्हाउने दुर्गन्ध, फोहोरको ढुंग्रो, र दिनानुदिन फैलिँदै गएको प्रदूषणका कारण स्थानीय बासिन्दा मात्र होइन, विद्यार्थी, शिक्षक, कर्मचारी सबै प्रभावित भएका छन्।

“हिँड्नै नसक्ने अवस्था छ”बालजागृति इंग्लिश स्कूलनजिकै रहेको यो नालीबाट निस्कने कालोपानीका कारण विद्यार्थीहरू त्रासमा छन्। विद्यार्थीहरु भाँचिएको “दुर्गन्ध र फोहोरले हिँड्दासमेत वाकवाकी हुन्छ, स्कूल आउन–जानसम्म जोखिममा परेको छ।”

“वडालाई भन्यौँ, तर सुनिएन”सृष्टि टोल विकास संस्थाकी अध्यक्ष तारा पहाडी भन्छिन्—“वडाका जनप्रतिनिधिलाई धेरैपटक भनियो। तर चासो नदेखाउने, मौन बस्ने प्रवृत्तिले समस्या झन ठूलो बनाएको छ।”
उनका अनुसार, नाली पुरै बनिसकेको छ, तर बीचको १ भाग मात्र एक वर्षदेखि अधुरो छोडिएको छ।
समाजसेवी गोपाल प्रसाद शर्मा कडा शब्दमा आक्रोश व्यक्त गर्दै भन्छन्—“नगर र वडा अध्यक्ष के हेरेर बसेका छन्? यो नालीको पानीका कारण हामी र हाम्रो बालबच्चासम्म रुघाखोकी, संक्रमणको जोखिममा छौँ। सार्वजनिक स्वास्थ्यसँग खेलवाड बन्द गर।”

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्य उपप्राध्यापक नम्र कुमार महतोले भने —“यी फोहोर पानीमा ब्याक्टेरिया, भाइरस, र भेक्टर जन्य रोगको जोखिम अत्यधिक हुन्छ। लामो समय बस्ती नै प्रभावित हुन सक्छ।”

रश्मि खनाल भन्छिन्—“लामखुट्टे अत्यधिक बढेका छन्, दुर्गन्धले सासै लिन गाह्रो छ। कार्यालय जाने–आउँदा बिरामी पर्ला भन्ने डर भइरहेको छ।”

नालीको फोहोर पानी साना पोखरा र सानोचोकसम्म बग्दै जाने गरेको स्थानीयले बताए। यो नाली बालजागृति स्कुल नजिकै, बागमती प्रदेश पूर्वाधार विकास आयोजना कार्यालय रहेको ठाउँमै छ।
तर स्थानीयको गुनासो—“आफ्नै छेउमा समस्या देखेर पनि किन नदेखेझैँ गरियो?” यता, हेटौंडा–२ का वडा अध्यक्ष बिष्णु गोपाल महर्जन ले यसबारे अहिलेसम्म कुनै धारणा नदिएको स्थानीयको आरोप छ।

यसबारे हेटौंडा २ का अध्यक्ष बिष्णु गोपाल महर्जनले भने- धेरै पटक प्रयास गर्दा पनि स्थानीयहरुबिच नै कुरा नमिलेको कारण यस्तो भएको बताए । आफू जनप्रतिनिधि भएकोले पटक पटक मिलाउन खोज्दा पनि स्थानीयहरु नमिलेको हुनले अहिलेसम्म यस्तो अवस्थ  भएको बताएका छन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.