मकवानपुर र काठमाँडौ जोड्ने छोटो दूरीको मार्ग कान्ति लोकपथमा सवारी आवागमनमा रोक लगाइएको छ।जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै, २०८२ मङ्सिर २० गतेदेखि लागू हुने गरी ६० दिनसम्म बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ ।
कान्ति राजमार्ग सडक योजना, एकान्तकुनाको पत्रानुसार उक्त सडक खण्डका विभिन्न स्थानहरूमा सडक फराकिलो बनाउने र कटिङको काम भइरहेको छ ।
प्रतिकृया दिनुहोस्






















































