आत्महत्याको संवेदनशील रिपोर्टिङबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

हेटौँडा — जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा “आत्महत्याको संवेदनशील रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा आयोजित कार्यक्रममा आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने संवेदनशीलता, जिम्मेवारी र नैतिक मापदण्डबारे छलफल गरिएको थियो।

अभिमुखीकरणमा आत्महत्याका घटनालाई कसरी जिम्मेवार र तथ्यपरक रूपमा प्रस्तुत गर्ने, पीडित तथा परिवारको गोपनीयता कसरी जोगाउने तथा नकारात्मक प्रभाव न्यूनिकरण गर्ने विषयमा जानकारी दिइएको थियो।

जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले कार्यक्रमको उद्देश्य सञ्चारकर्मीहरूलाई संवेदनशील विषयमा जिम्मेवार पत्रकारिता गर्न प्रेरित गर्नु रहेको बताए।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले यस्ता अभिमुखीकरणले समाचार सम्प्रेषणलाई अझ जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.