किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यसवर्षदेखि ‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्ने भएको छ ।
बामगती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यलाई सुरक्षित गर्ने मूल उद्देश्यले पार्क सञ्चालन गर्न लागिएको एक कार्यक्रम मार्फत जानकारी दिएका छन् ।
किशोर किशारीमा असुरक्षित यौन सम्बन्ध, असुरक्षित गर्भपतन, यौन रोगको प्रकोप बढ्दै गएको अबस्थामा सुरक्षित यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा आजको आवश्यकता महसुस गर्दै डिजिटल पार्कको अवधारणा ल्याइएको हो । यसै वर्षदेखि नै स्थानीय पालिकासँगको समन्वय र साझेदारीमा कार्यान्वयनमा ल्याउने बताएको हो ।
मन्त्री थापाले भने, “किशार किशोरीमा यौनिकता र शरीरको विकासका क्रममा देखिने परिवर्तन, रजस्वला र स्वच्छता, बाल विवाह, जवर्जस्ती करणी, र सुरक्षित प्रजनन स्वास्थ्य, धूम्रपान तथा मद्यपानका असरहरू, यौन दुव्र्यबहार, सचेतनाकाबारेमा विशेषज्ञ विचार, तथ्य र समाधानसम्बन्धी पडकास्टहरूको निर्माण गर्ने, डिजिटल बोर्डमार्फत किशोरकिशोरी जमघट हुने पार्कमा त्यसलाई राखिनेछ ।”
कार्यक्रमका लागि मन्त्रालयले रु २५ लाख बजेट विनियोजन गरको छ ।























































