हेटौंडा। हेटौंडा–१ मा सडक विस्तारको क्रममा भत्काएको घर सफा गर्ने क्रममा एक जना कामदार घाइते भएका छन्।
आज बिहान उद्योग वाणिज्य संघ अगाडिको सडकछेउमा रहेको एक भत्किएको घर हटाउनेक्रममा अचानक दुई तला माथिको ढलान खस्दा कामदार जितेन्द्र माझी घाइते भएका हुन्।
रौतहट माधवनारायण–७ लौकाहा निवासी, हाल हेटौंडा–१० बुद्धचोकमा डेरा गरी बस्ने १९ वर्षीय माझीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
प्रहरीका अनुसार घाइते माझीलाई ठेकेदार नवीन साहले उपचारका लागि हेटौंडा अस्पताल लगेका थिए। घाइतेको अवस्थालाई मध्यम रहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्






















































