अमेरिका द्वारा डिभी कार्यक्रम स्थगित

अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले ब्राउन युनिभर्सिटीमा भएको सामूहिक गोलीबारीका संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले ग्रिन कार्ड लटरीमार्फत अमेरिका प्रवेश गरेको भन्दै डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम निलम्बन गर्ने आदेश दिएकी छन् । राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार यूएससीआईएसलाई ग्रिन कार्ड कार्यक्रम रोक्न निर्देशन दिइएको हो ।

पोर्चुगलका नागरिक भ्यालेन्टेमाथि डिसेम्बर १३ मा ब्राउन युनिभर्सिटीमा आक्रमण गर्दा दुई जनाको मृत्यु र नौ जना घाइते भएको आरोप छ । उनीमाथि एमआईटीका एक प्राध्यापकको हत्या गरेको आरोप पनि लगाइएको छ । प्रहरीले लामो खोजीपछि उनी आत्महत्या गरेर मृत फेला परेको जनाएको छ ।

अमेरिकी विदेश विभागका अनुसार डिभी लटरीमार्फत हरेक वर्ष करिब ५५ हजार जनालाई स्थायी बसोबासको अनुमति दिइँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.