चुनाव सारिए देश संकटतर्फ जाने राष्ट्रपति पौडेलको भनाइ

राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा प्रभावित भए मुलुक अनिश्चयतर्फ जाने चेतावनी दिएका छन्। उनले तोकिएकै मितिमा चुनाव सम्पन्न गर्नु सबै नेपालीको साझा दायित्व भएको बताएका छन्।

सोमबार राष्ट्रपति कार्यालय महाराजगञ्जमा मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले थप खेलवाड सह्य नहुने स्पष्ट पारे।

भेटमा समाजका प्रतिनिधिहरूले घोषित मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन भएर लोकतन्त्र लयमा फर्किने विश्वास व्यक्त गरेका थिए। साथै भदौ २३ को दमन र त्यसपछिको राजनीतिक अवस्थाबारे राष्ट्रपतिको भूमिकाको प्रशंसा गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.