बागीभूगोल साप्ताहिकको प्रकाशक रश्मिला र कार्यकारी सम्पादकमा मदन

मनहरी । पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिकालाई केन्द्रविन्दु बनाएर कैलाश, राक्सिराङ र मनहरीको समाचारलाई प्राथमिकता दिँदै प्रकाशन भइरहेको रंगीन अखबार बागीभूगोल साप्ताहिकको प्रकाशकमा रश्मिला घिमिरे चयन भएकी छिन् । बागीभूगोल मिडिया नेटवर्कले प्रकाशकको जिम्मेवारी घिमिरेलाई दिने निर्णय गरेको हो ।

यसै सातादेखि प्रकाशकमा घिमिरेको नेतृत्व रहनेछ । यसअघिका प्रकाशक रामकुमार एलन रिजाललाई बागीभूगोल नेटवर्कले आभार  प्रकट गर्दैै यो ग्रामीण भूगोलमा सकारात्मक समाचारको रंगीन अखबार प्रकाशन अभियानमा नेतृत्व गरेका धन्यवाद् दिएको छ । यस्तै बागीभूगोल मिडिया नेटवर्कको व्यवस्थापनले पत्रिकाको कार्यकारी सम्पादकमा  मदन जंग गम्भीर चयन भएको छ । बागीभूगोल मिडिया नेटवर्कले आगामी दिनमा अझ परिस्कृत र भूइँमान्छेको विषयलाई अखबारमा स्थान दिने प्रतिवद्धता दोहोर्‍याएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.