कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी, बन्दसत्र पुनः शुरु हुँदै

काठमाण्डौको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहान ९ बजेदेखि पुनः शुरु हुँदैछ। अस्ति आइतवारदेखि शुरु भएको विशेष महाधिवेशन निर्धारित समयभन्दा लम्बिएको छ।

हिजो बन्दसत्रमा विभिन्न प्रतिवेदन पेश भई तीमाथि लामो छलफल चलेपछि महाधिवेशनको कार्यतालिका संशोधन गर्नुपरेको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ। नेतृत्व चयनसम्बन्धी विषयमा आज आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ।

नेता सुवास पोखरेलका अनुसार विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेहरूको सङ्ख्या अस्ति २ हजार ६ सय ६२ रहेकोमा हिजो ६.२४ प्रतिशतले वृद्धि भएको छ। यसै विषयमा संस्थापन पक्षसँग निरन्तर छलफल भइरहेको र सभापति शेरबहादुर देउवा तथा विशेष महाधिवेशन आयोजना गरिरहेका नेताहरूबीच गएराति पनि संवाद भएको जनाइएको छ।

यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पनि आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा बिहान ११ बजे बस्ने बैठकमा पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकमा केन्द्रीय पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिलाई सहभागी हुन अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.