समानुपातिक प्रणालीमा ८५ उम्मेदवारले नाम फिर्ता लिए

प्रतिनिधिसभा चुनावको समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा समावेश भएका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगले हिजो बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारहरूको नाम फिर्ता लिनको लागि व्यवस्था गरेको थियो। यस प्रक्रिया अनुसार, उम्मेदवार आफैले वा उम्मेदवार उपस्थित हुन नसकेको अवस्थामा उनका वारेसले पनि नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको थियो।

आयोगका अनुसार, विभिन्न राजनीतिक दलहरूका तर्फबाट फिर्ता लिइएका नाममा प्रमुख दलहरू जनमत पार्टी, नेकपा(एमाले), जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रहेका छन्। यसरी नाम फिर्ता लिने दलहरूमा जनता समाजवादी पार्टीका २१ जना र जनमत पार्टीका २० जना उम्मेदवार समावेश छन्।

जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको हालैको एकताका कारण बन्दसूचीमा रहेका केही उम्मेदवारको नाम फिर्ता गरेर नयाँ व्यवस्थापन गरिएको जनाइएको छ। यसै गरी, आयोगले अंतिम सूची सार्वजनिक हुँदा अझै केही थप नाम हट्न सक्ने कुरा स्पष्ट पारेको छ।

यस प्रक्रिया अन्तर्गत, कूल ६४ राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची पेश गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.