“उम्मेदवारको संख्या घट्दै: १७५ जना समानुपातिक उम्मेदवारले प्रतिनिधि सभा नाम फिर्ता गरे”

आगामी प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फका बन्द सूचीबाट कूल १७५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगका अनुसार १७ चुनाव चिह्नका उम्मेदवारले नाम फिर्ता गरेका हुन्।

समानुपातिक तर्फका उम्मेदवारको नाम फिर्ता लिनका लागि पुस २८ गते बिहान १० देखि ४ बजेसम्मको समयसीमा तोकिएको थियो। सबैभन्दा बढी उम्मेदवारको नाम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट फिर्ता भएको छ, जहाँ ११० उम्मेदवारले नाम फिर्ता गरेका छन्।

यसका अतिरिक्त, जनमत पार्टीका २०, राप्रपा का १२, र जनादेश पार्टीका ६ उम्मेदवारले पनि नाम फिर्ता गरेका छन्।

समानुपातिक निर्वाचन प्रणालीमा २७५ सदस्यीय प्रतिनिधि सभामा ११० सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुनेछन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.