अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ। उद्घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लब आमने सामने हुनेछन्। खेल बिहान ११ बजे एन्फा कम्प्लेक्स, सातदोबाटो ललितपुरमा हुनेछ।
प्रतियोगितामा ए डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लिगका ४ टोली गरी कुल १७ टोली सहभागी छन्। आजै भगवती क्लब र चर्च ब्वाइज युनाइटेड क्लबबीच पनि खेल हुनेछ, जुन दिउँसो ३ बजे सुरु हुनेछ।
राष्ट्रिय लिग सिंगल राउन्ड रोबिन प्रणालीमा हुनेछ, जसमा कुल १ सय ३६ खेल हुनेछन्। खेलहरू दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्समा आयोजना हुनेछन्। विजेता टोलीले ५० लाख रुपैयाँ पुरस्कार जित्नेछ।
प्रतिकृया दिनुहोस्






















































