‘मिसेस नेपाल इन्टरनेशनल २०२५’ सञ्जु भट्ट नेपाललाई प्रतिनिधित्व गर्दै अमेरिकाको लस भेगासमा आयोजना हुने ‘मिसेस वर्ल्ड २०२६’ मा भाग लिन बिहीबार प्रस्थान गरेकी छिन्।
सञ्जु भट्टले केही अघि रिवन इन्टरटेनमेन्टद्वारा आयोजित ‘मिसेस नेपाल वर्ल्ड’ प्रतियोगिता जितेर ‘मिसेस नेपाल इन्टरनेशनल २०२५’ को उपाधि हात पारेकी थिइन्।
‘मिसेस वर्ल्ड २०२६’ जनवरी २२ देखि ३० तारिकसम्म लस भेगासमा आयोजना हुँदैछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा र प्रतियोगिताका कोरियोग्राफर तथा राष्ट्रिय निर्देशक अश्विनीकान्त झाले बिदाइ गरेका थिए।
सञ्जु भट्टले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्न पाउनु आफन्तका लागि गर्वको विषय भएको बताइन्।
प्रतिकृया दिनुहोस्






















































