परस्त्रीसँग कुवेतमा सम्बन्ध, नेपालमा ब्ल्याकमेल; अश्लील भिडिओ सार्वजनिक गर्दा जाने भए जेल

एआई सिर्जित तस्बिर

सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएका २८ वर्षीय रिदम तामाङ कुवेतमा ट्याक्सी चलाउँथे । सोही क्रममा उनको भेट वैदेशिक रोजगारीकै सिलसिलामा कुवेत पुगेकी एक नेपाली महिलासँग भयो । ती महिलाका श्रीमानले नेपालबाट पठाइदिएको सामान पुर्‍याइ दिने क्रममा रिदम र ती महिलाबिच भेटघाट भएको थियो ।

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा पेस गरेको अभियोग पत्र अनुसार सुरुमा उनिहरूबिच एउटै जात र देशको हुनुको नाताले ुदाजु–बहिनीु को नाता कायम भयो । तर, बिस्तारै फेसबुक, ह्वाट्सएप र टिकटकमा हुने कुराकानीले उनीहरूलाई नजिक बनायो ।

कुवेतको बिरानो सहरमा नेपाली साथी पाउनु ती महिलाका लागि एउटा भरोसा बन्यो । तर त्यही भरोसा पछि गएर उनका लागि अभिशाप बन्ने कुरा उनले कल्पना समेत गरेकी थिइनन् ।

अभियोग पत्रमा उल्लेख गरिएको प्रतिवादी रिदम तामाङको बयान अनुसार, उनीहरूबिचको सम्बन्ध बढ्दै गएपछि सहमतिमै शारीरिक सम्पर्क समेत रहन पुग्यो । सोही क्रममा रिदमले आफ्नो मोबाइलमा केही अश्लील भिडिओहरू खिचेका थिए । सम्बन्ध सामान्य रहुन्जेल ती भिडिओहरू दुवैका लागि गोप्य थिए । तर, जब उनीहरूबिच लेनदेन वा अन्य कुनै विषयमा खटपट सुरु भयो, रिदमले आफ्नो असली रूप देखाउन थाले ।

रिदम कुवेतबाट नेपाल फर्किए । उनीहरूले पहिले नै एक(अर्काको टिकटक आईडी शेयर गरेका कारण रिदमको मोबाइलमा ती महिलाको टिकटक आईडी लग–इन नै थियो । नेपाल आएपछि रिदमले ती महिलासँग पैसा माग्न थाले । जब उनले पैसा दिन अस्वीकार गरिन्, रिदमले सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने घृणित खेल सुरु गरे ।

अभियोग पत्रका अनुसार रिदमले फेसबुकमा उमा तामाङ ९परिवर्तित नाम० नामक नक्कली प्रोफाइल बनाए । उनले उक्त नक्कली आईडीबाट ती महिलाको सक्कली फोटोहरू प्रयोग गरी बदनाम गर्न थाले । यति मात्र होइन, उनले आफ्नो मोबाइलमा लग–इन रहेको ती महिलाको टिकटक आईडीबाट तिनै अश्लील भिडिओहरू सार्वजनिक गरिदिए ।

पीडित महिलाका श्रीमान्‌ले प्रहरीमा दिएको जाहेरी अनुसार रिदमले ती महिलाका आफन्तहरूलाई ह्वाट्सएप र मेसेन्जरमा अश्लील फोटो र भिडिओहरू पठाएर मानसिक यातना दिएका थिए । उनले ती महिलाकी दिदीलाई समेत भिडिओ पठाएर ुतिम्रो बहिनी कस्ती छे आफैँ हेरु भन्दै पारिवारिक सम्बन्धमा दरार ल्याउने प्रयास गरेका थिए ।

पीडित पक्षले साइबर ब्युरोमा उजुरी गरेपछि प्रहरीले रिदमलाई काभ्रेपलाञ्चोकको धुलिखेलबाट पक्राउ गर्‍यो । उनको साथबाट वन प्लस ब्रान्डको मोबाइल बरामद गरिएको थियो । जसमा ती आपत्तिजनक सामग्रीहरू सुरक्षित थिए ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले रिदम तामाङ विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत मुद्दा दायर गरेको छ । यो दफाले कम्प्युटर वा इन्टरनेट जस्ता विद्युतीय सञ्चार माध्यममा प्रचलित कानुनले प्रकाशन गर्न रोक लगाएका वा सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका सामग्री प्रकाशन गर्नेलाई सजायको व्यवस्था गरेको छ ।

अदालतमा पेस गरिएको अभियोग पत्रमा रिदमलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय गर्न माग गरिएको छ । साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन र पीडित राहत कोषमा शुल्क जम्मा गराउन समेत माग गरिएको छ ।

अहिले रिदम तामाङको मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । सरकारी वकिल कार्यालयले पेस गरेको मिसिलमा संलग्न स्क्रिनशट, पेनड्राइभमा रहेका भिडिओ र प्रतिवादीको साबिती बयानले उनले अपराध गरेको पुष्टि गर्ने बलियो आधार छ । टेकपानाबाट साभार

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.