जनताको समस्या समाधानमा अभिभावकीय नेतृत्व आवश्यक : उम्मेदवार लवशेर बिष्ट

हेटौंडा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार लवशेर बिष्टले नेतृत्वले जनताको सबै प्रकारका समस्याको समाधानका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।

ईन्द्रसरोवर गाउँपालिका–२ हेभीमा आयोजित नेकपाको एकता भेला तथा उम्मेदवार भेटघाट कार्यक्रममा बोल्दै उहाँले जनप्रतिनिधि हुँदा र नहुँदा दुवै अवस्थामा निरन्तर जनताको सेवामा क्रियाशील रहेको अनुभव सुनाउनुभयो। उहाँले विगतमा थाहा नगरपालिकाको मेयरका रूपमा सफल कार्यसम्पादन गरेको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको समस्याको जिम्मेवारी लिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बिष्टले आफू निस्वार्थ भावनाले जनताको सेवामा समर्पित भएको बताउँदै, निर्वाचनमा विजयी भए जनहितका कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कुमारी मुक्तान प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। साथै पार्टी केन्द्रीय सदस्य तथा ईन्द्रसरोवर गाउँपालिकाका पूर्व अध्यक्ष जीवन लामा, बागमती प्रदेश कमिटी सचिवालय सदस्य वीरबहादुर घलान, पार्टी प्रदेश कमिटी सदस्य तथा ईन्द्रसरोवर पालिका इन्चार्ज सागर उप्रेती, काठमाडौ जनसम्पर्क मञ्चका अध्यक्ष साईला घिसिङ लगायत नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम बिर्जु पदम लामाको सभाध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.