मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरस्थित बस्तीपुर होटल एण्ड लजमा प्रहरीले अवैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले होटलको तलासी गर्दा करिब २२० मिलिग्राम खैरो हेरोइन फेला पारी पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा उपमहानगरपालिका–१२ पदमपोखरी बस्ने २४ वर्षीय सुवर्ण घलान र मनहरी गाउँपालिका–३ पालदमारका २४ वर्षीय बिजय मोक्तान रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई लागूऔषध राखेर कारोबार गरेको शंका लागेर पक्राउ गरिएको हो।
प्रतिकृया दिनुहोस्
























































