रेडियो थाहा सञ्चारको १८ औँ वार्षिकोत्सवमा महिला मैत्रीपूर्ण फुटबल सम्पन्न

रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्ज को १८ औँ वार्षिकोत्सवको अवसरमा दोस्रो दिन हेटौँडामा मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

विन्दावासिनी मिडिया प्रालि द्वारा सञ्चालित रेडियोको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा पत्रकार महिला र अधिकारकर्मी महिलाबीच प्रतिस्पर्धा भएको हो।

अधिकारकर्मी समूहको नेतृत्व रमिला सापकोटा ले गरेकी थिइन् भने पत्रकार महिला टोलीको नेतृत्व सरिता दाहाल ले गरेकी थिइन्। खेलमा अधिकारकर्मी टोली ४–२ गोलअन्तरले विजयी भयो।

कार्यक्रमका प्रमुख अतिथि सिद्धीलाल श्रेष्ठ ले विजयी टोलीलाई नगद ५ हजार रुपैयाँ प्रदान गर्दै खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.