मकवानपुर । मकवानपुरको हेटौँडामा मकवानपुर महिला उत्थान समाजको आयोजनामा बिहिवार सरोकारवाला निकायहरुसंग अनौपचारिक श्रमिकहरुको पेशागत जोखिम र सुरक्षा सम्बन्धि श्रम सुनुवाइ कार्यक्रम भएको छ । कर्यक्रममा हेटौडा उपमहानगरपालिका २ नं वडा कार्यालयका सदस्य तथा निर्माण व्यवसायि संघका उपमहासचिव सुरज बर्तौला, जनस्वास्थ्य कार्यालय, मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, मनहरी गाउपालिका रोजगार संयोजक सुनिता लुइटेल, निर्माण व्यवसायि एपिआर निर्माण सेवा मनहरी ४ का प्रमुख पुष्कर रेग्मी, महिला श्रमिकहरु लगायत उपस्थितिमा सुरु भएको रहेको थियो ।
कार्यक्रममा सहभागी महिला श्रमिक मनहरी ५ कि मिरा घलानले हाम्रो ज्यानको सुरक्षा छैन, जोखिममा बसेर काम गर्नु पर्ने , मजदुरको सुरक्षाबारे व्यवस्थापन नभएको, कोदालो पन्जा, वुट, सावेल लगायतका मजदुरका औजारहरु प्रयाप्त नहुने गरेको, काम लगाउने तर अनुगमनका लागि सरोकारवालहरु कोहि नआउने, यउटा कामको लागि पालिकाले यकथरि अराउने, ठेकेदारले अर्कोथरि अराउने र इन्जिनियरले अर्को थरि अराउने गर्दा कामको तालमेल नमिल्ने र विवाद उत्पन्न हुने गरेको, स्वास्थ्य विमा हुने भनेको सुनियको थियो तर हालसम्म नपाएको, भनेको समयमा ज्याला नपाउने र कम ज्याला पाउने गरेको लगायतका गुनासो व्यक्त गरेका छन ।
मनहरी गाउपालिका कार्यालय रोजगार संयोजक सुनिता लुइटेलले मनहरी गाउपालिकामा कार्यरत अनौपचारिक श्रमिकहरुको अभिलेखिकरणको लागि यस आर्थिक बर्षका लागि ५० हजार रुपैया रकम बजेट विनियोजन भएको साथै यसबर्ष भित्र ३० जनालाई सामाजिक सुरक्षा कोषमा आबद्द गराउने योजना रहेको, त्यसैगरि श्रम डेस्क राखेर काम गर्ने भनेको हो तर बजेट विनियोजन नभएको र कार्यान्वयनमा नआएको बताएका छन ।
हेटौडा उपमहानगरपालिका २ नं वडा कार्यालयका सदस्य तथा निर्माण व्यवसायि संघका उपमहासचिव सुरज बर्तौलाले
निर्माण व्यवसायि श्रमिकको विमा गरेपछि मात्र काम सुरु गरिरहेका छौ, ससाना योजनामा काम गर्ने मजदुरहरुको सुरक्षा सम्बन्धि व्यवस्थापन गरिएको देखिदैन, श्रमिकहरु सानो या ठुलो जुनसुकै योजनामा काम गर्ने पनि यउटै हुन तर सानो रकमको योजनामा सुरक्षा व्यवस्थापन नअपनाइनु दुखको कुरा हो, निर्माण व्यवासायिहरु संग सबै श्रमिकहरु जोडिएका हुन्छन भन्ने हुँदैन तर उजुरि परेको अवस्थामा समन्वय गर्ने काम गर्छौ लगायतका कुरा व्यक्त गर्नु भएको थियो ।
जनस्वास्थ्य कार्यालय, मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले प्रत्यक्ष रुपमा अनौपचारिक क्षेत्रका काम गर्ने महिलाहरुको लागि भनेर हालसम्म कुनै पनि कार्यक्रम नभएको, मनहरी गाउापालिकामा ढुङ्गा गिटि, क्रसर, वालुवा प्लान्ट लगायतका क्षेत्रमा काम गर्ने श्रमिकहरुको संख्या बढि रहेको छ, तर उनिहरुको स्वास्थ्य क्षेत्रमा कुनै पनि काम भएको नदेखिएको , आकस्मिक दुर्घटनाको जोखिमका लागि स्वास्थ्य विमा लागू गर्नुपर्ने, आफुले गरेको पेशाले आफुलाइ के असर पर्छ जागरुक हुन जरुरि छ, श्रमिकको हक हितका लागि विभिन्न ऐन कानुन बनेका छन् त्यो बारे स्वयं श्रमिक जानकार हुनुपर्ने लगायतका कुरा व्यक्त गर्नुभएको थियो ।
मनहरी गाउँपालिकामा कृषि, निर्माण, यातायात, घरेलु श्रम, साना व्यवसाय, वनजन्य तथा नदीजन्य स्रोतमा आधारित श्रम लगायत विभिन्न क्षेत्रमा ठूलो संख्यामा श्रमिकहरू कार्यरत रहेको छ । श्रम सुनुवाइ कार्यक्रमको मुख्य उद्देश्य मनहरी गाउँपालिकाभित्र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको अवस्थ कस्तो छ, के कस्ता चुनौती छन, के के समस्याहरु भोगिरहेका छन, श्रमिकहरुको पेशागत जोखिमहरु कस्तो छ, श्रमिकहरुको स्वास्थ्य सुरक्षा कस्तो छ, श्रमिकको सामाजिक सुरक्षा तथा श्रम अधिकार कस्तो छ, सम्बन्धी लगायतका सवालहरूलाई सम्बन्धित निकायसमक्ष प्रस्तुत गर्दै समाधानका सम्भावनाहरूको खोजी गर्दै आगामी दिनमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने उद्धेश्यले कार्यक्रम गरेको मकवानपुर महिला उत्थान समाजका कार्यक्रम संयोजक निशा लामाले बताए ।
मकवानपुरको मनहरी गाउँपालिका विकास निर्माणदेखि कृषि उत्पादनसम्म, यातायातदेखि घरेलु श्रमसम्म, स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा श्रमिकहरू रहेका तर दुर्भाग्यवश, उनीहरूको अवस्थ नै सबैभन्दा बढी जोखिम, असुरक्षा चुनौती र अवसरको अभावको सामना गरिरहेका समस्या रहेको, यीमध्ये अधिकांश श्रमिकहरू अनौपचारिक क्षेत्रमा कार्यरत रहेको, उनीहरूसँग प्रायः लिखित श्रम सम्झौता नहुने, सामाजिक सुरक्षा सुविधा नभएको, दुर्घटना बीमा नभएको र धेरैजसो अवस्थामा कार्यस्थल सुरक्षा सामग्री समेत पर्याप्त नरहेको अवस्था रहेको लामाले बताए ।
कार्यक्रममा उठेका सवालहरूलाई सम्बोधन गर्न सम्बनधित निकायले आगामी ६ महिनाभित्र कार्यान्वयन गर्ने कम्तीमा ३ वटा ठोस प्रतिबद्धता सार्वजनिक गराउन पहल गर्ने , श्रम सुनुवाइले मनहरी गाउँपालिकाभित्र रहेका अनौपचारिक श्रमिकहरूको वास्तविक अवस्था, चुनौती र अपेक्षाहरूलाई स्पष्ट रूपमा उजागर गरेको , सुरक्षित श्रम वातावरण, उचित पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आवद्धता, स्वास्थ्य सुरक्षा तथा श्रमिक अधिकारको सुनिश्चितता बिना दिगो विकास सम्भव नरहेको देखिएको लामाले बताए ।

























