चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
पुरुषतर्फको उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठ ले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध निर्वाचित भएका हुन्। श्रेष्ठले वाग्लेको प्रस्तावकसमेत बनेका छन्।
रास्वपाको विधानअनुसार एक सभापति, महिलासहित दुई उपसभापति, एक महामन्त्री तथा तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने व्यवस्था रहेको छ।
यसअघि पार्टी सभापति पदमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भइसकेका छन्।
प्रथम महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिरहेको रास्वपामा प्रमुख पदाधिकारीहरू निर्विरोध चयन हुने क्रम जारी रहेको छ।
प्रतिकृया दिनुहोस्
























