नेपाली काँग्रेस परित्याग गर्दै जितन प्रजा संयुक्त नागरिक पार्टीको समानुपातिक उम्मेदवार बने

मकवानपुर राजनीतिमा एक महत्वपूर्ण मोड आएको छ। नेपाली काँग्रेसका पुराना नेता तथा तत्कालीन राक्सिराङ गाविसका सभापति जितन प्रजाले पार्टी परित्याग गरेका छन्। लामो समयसम्म काँग्रेसमा सक्रिय भूमिका निर्वाह गरेका प्रजाले अब संयुक्त नागरिक पार्टीबाट समानुपातिक तर्फको बन्दसूचीमा उम्मेदवारी दर्ता गरिसकेका छन्।

मनहरी–८ स्थित संयुक्त नागरिक पार्टीको चुनावी सम्पर्क कार्यालयमा प्रतिक्रिया दिँदै उनले काँग्रेसले आफ्नो योगदानको कदर नगरेको आरोप लगाए। जन्मजात काँग्रेस समर्थक भए पनि पछिल्लो समय पार्टी नेतृत्वबाट निरन्तर बेवास्ता भएको उनले बताए।

दुर्घटनामा परी एक खुट्टा गुमाएका प्रजा हाल अटो चलाएर जीविकोपार्जन गर्दै आएका छन्। अपांगता कोटामा सदस्य पदका लागि आफू योग्य हुँदाहुँदै पनि पार्टीले अवसर नदिएको उनको गुनासो छ। मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ समितिमा अपांग कोटा रिक्त हुँदाहुँदै आफूलाई मनोनयन नगरेको उनले बताए।

काँग्रेसबाट जिम्मेवारी नपाएपछि र आफ्नो योगदानको मूल्याङ्कन नभएको महसुस गरेपछि बाध्य भएर क्रियाशील सदस्यता त्यागेको उनको भनाइ छ। अब आफू संयुक्त नागरिक पार्टीबाट सक्रिय राजनीति गर्ने र समानुपातिकतर्फ उम्मेदवार बनेको उनले स्पष्ट पारे।

यसैबीच, काँग्रेस कार्यकर्ताले अझै पनि पार्टीका कार्यक्रममा बोलाउने तथा परिवारको मत गणनाजस्ता गतिविधिमा संलग्न गराउने प्रयास गरिरहेको उल्लेख गर्दै उनले अब त्यसो नगर्न आग्रह गरेका छन्।

अन्त्यमा, काँग्रेसमा विभिन्न जिम्मेवारी सम्हाल्दा साथ सहयोग गर्ने सबैप्रति उनले आभार व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.