प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव प्रचारमा प्रयोग भइरहेको गाडीले दुईवटा दुईपाङ्ग्रे सवारीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन्।
लु १ च ७७६९ नम्बरको पिकअप जीपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटना प्युठान नगरपालिका अन्तर्गत बाग्दुला नजिकै भएको हो।
मोटरसाइकलमा सवार जुम्रीकाँडाका २० वर्षीय जीवन विश्वकर्मा र २१ वर्षीय रेशम खड्का घाइते भएका छन्। त्यस्तै, स्कुटर चालक लमही नगरपालिका–६ देउपुर, दाङका २६ वर्षीय दीपक पोख्रेल र उनकी २५ वर्षीया श्रीमती सुजता भण्डारी पनि घाइते भएका छन्।
घाइते चारै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिकृया दिनुहोस्























































