मकवानपुर–२ मा ३४ हजार मत गणना: प्रशान्त उप्रेती अग्रस्थानमा

हेटौंडा — मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा हालसम्म करिब ३४ हजार मत गणना सम्पन्न भएको छ। प्राप्त प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती अग्रस्थानमा देखिएका छन्।

हालसम्मको मतपरिणाम अनुसार:

  • प्रशान्त उप्रेती (घण्टी) — ११,९३३ मत

  • महेश बर्तौला (सूर्य) — ५,७८६ मत

  • लवशेर विष्ट (तारा) — ५,६४३ मत

  • बुद्ध लामा (रुख) — ५,०२९ मत

मतगणनाको सुरुवाती चरणदेखि नै उप्रेतीले अग्रता कायम राखेका छन्। अन्य उम्मेदवारहरूबीच भने दोस्रो स्थानका लागि प्रतिस्पर्धा देखिएको छ।

मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.