मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१३ मा भएको मतगणनामा उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘चिम’ अगाडि देखिएको छ। खसेको कुल ३ हजार ६ सय ९१ मतमध्ये ‘चिम’ले १ हजार ४ सय २२ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।
त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’ले १ हजार ४३ मत पाएको छ। नेपाली कांग्रेसको ‘रुख’ले ३२०, नेकपा एमालेको ‘सूर्य’ले २८१, नेकपा माओवादी केन्द्रको ‘तारा’ले १४८ तथा ‘हलो’ले ९० मत प्राप्त गरेका छन्। यस मतदान केन्द्रमा २४१ मत बदर भएको जनाइएको छ।
यस्तै, मकवानपुर जिल्लामा रहेका कुल ३ लाख १५ हजार ३ सय ३४ मतदातामध्ये १ लाख ८६ हजार ५ सय ५१ जनाले मतदान गरेका थिए, जुन करिब ५९ प्रतिशत हो।
प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा १ लाख ५८ हजार ४ सय ३५ मतदातामध्ये ९५ हजार ३ सय १० मत खसेको थियो भने क्षेत्र नम्बर–२ मा १ लाख ५६ हजार ८ सय ९९ मतदातामध्ये ९१ हजार २ सय ४१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।















































