मनहरी–२ मा नसर्ने रोगको स्क्रिनिङ्ग: ८५ जनाको स्वास्थ्य परीक्षण

मनहरी। मनहरी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा नसर्ने रोग पहिचानका लागि समुदायस्तरमै स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिएको छ। अभियान अन्तर्गत बुधबार मनहरी गाउँपालिका वडा नम्बर २ स्थित बुद्धचोकमा नागरिकहरूको स्वास्थ्य स्क्रिनिङ्ग गरिएको हो।

स्क्रिनिङ्ग कार्यक्रम सहिद हिरा स्मृति आधारभूत स्वास्थ्य केन्द्र, तिन्तलेमा कार्यरत अहेव पर्मिला दङ्गालको नेतृत्वमा सञ्चालन गरिएको थियो। कार्यक्रममा ३० वर्षभन्दा माथिका नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य परीक्षणका क्रममा मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी समस्या तथा तौल र उचाइको अनुपातसम्बन्धी जाँच गरिएको थियो।

अभियानमा मनहरी–२ अन्तर्गतका झुल्यान, तिन्तले, घट्टेपाखा, दोभान, गोगनघारी, मेलटोल, भुन्द्रुङ्खोला र टाँडी क्षेत्रका करिब ८५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। परीक्षणपछि केही व्यक्तिमा मधुमेह र उच्च रक्तचापको संकेत देखिएको छ भने केहीमा उचाइ र तौलको अनुपात नमिलेको पाइएको छ। मिर्गौला सम्बन्धी रोगको कुनै संकेत भने भेटिएको छैन।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.