मकवानपुर — श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फ पाउने चार सांसदका लागि नाम टुंग्याएको छ। सो सूचीमा हेटौँडाकी मन्दिरा मोक्तानको नाम पनि समावेश गरिएको छ।
पार्टीले आदिवासी महिला कोटाबाट मोक्तानलाई समानुपातिक सांसदका लागि सिफारिस गरेको हो। हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त मतका आधारमा पार्टीले समानुपातिक प्रणालीतर्फ चार सांसद पाउने सुनिश्चित भएको छ।
पार्टीले खस आर्य महिला कोटाबाट अम्बिका संग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल तथा आदिवासी जनजाति कोटाबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई पनि सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।
प्रतिकृया दिनुहोस्























































